Objectives

  • समाजमा छरिएर रहेको पूँजी लाई संगठित र एकीकृत गर्दै उत्पादन कार्यका परियोजनामा लगानी गर्ने र संस्थाका सदस्यहरुबिच आय आर्जन बढाउने ।
  • अरुको मुख ताक्ने वा आलोचना मात्र गर्ने प्रवृत्तिको अन्त्य गरी “आफू र समुदायका लागि केहि गरौं” भन्ने भावना बोकी “म सबैका लागि र सबै मेरो लागि” भन्ने मान्यतालाई मनन् गर्दै व्यवसायिक तथा सेवामूलक कार्यको रुपमा यस संस्थालाई स्थापित गर्ने ।
  • संकलित निक्षेपको पूर्ण ग्यारेण्टीका साथ सुरक्षित गर्ने ।
  • निक्षेपलाई उत्पादनमूलक क्षेत्रमा सुरक्षित लगानी गरि आय आर्जन गर्ने ।
  • आयमूलक, रोजगारमूलक तथा शिक्षामूलक लगायतका विभिन्न कृयाकलापको माध्यमबाट जनसमुदायलाई स्वरोजगार तथा आत्मनिर्भर वनाउन प्रोत्साहन गरी रचनात्मक सहयोग गर्ने ।
  • कृषिको व्यवसायिकरणमा सहयोग पुर्‍याउने, लघुउद्यमीहरुलाई प्राथमिकता दिने र महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने ।
  • सदस्यहरुमा स्वावलम्वनको ज्ञान, पारस्परिक सहयोग र मितव्ययिताको भावना सृजना गर्ने र वचत गर्ने वानी अभिवृद्धि गर्ने ।
  • सीपमूलक, सेवामूलक, उत्पादनमूलक एवं स्वास्थ्य, शिक्षा, खेलकुद, आवास, सूचना प्रविधि, वातावरण संरक्षणलगायतको क्षेत्रमा विभिन्न तालिम तथा कृयाकलाप गरि स्वरोजगारीका लागि उचित वातावरण वनाउने ।
Follow Us

  Registration Number : 4338/072/073