message from md

सहकारीको मुल्य, मान्यता, र सिद्धान्त अनुरुप समाजमा न्यून आय भएका, सिमान्तकृत समुदाय वा सर्वसाधरण उपभोक्ता माझ छरिएर रहेको स–सानो पू“जी र प्रविधि तथा प्रतिभालाई स्वाबलम्वन र पारस्परिकताका आधारमा एकीकृत तथा संगठित गर्ने र आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्दै ब्यक्तिलाई आत्मनिर्भर बनाउ“दै त्यसको प्रभावबाट समाज र राष्ट्रको अर्थतन्त्रमा आफ्नो पनि सानो ठूलो योगदान होस् भन्ने उद्देश्यले काठमाड“ौ जिल्लामा कार्यक्षेत्र बनाएर यस तारकेश्वरी हिमाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडे मिति २०७२ साल मंसिर २० गते डिभिजन सहकारी कार्यालय, काठमाडौ“मा दर्ता भई विधिवत सञ्चालनमा आएको थियो ।

सेवाग्राही सदस्यहरुलाई छिटो छरितो र गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो अनिवार्य कर्तव्य हो । त्यसको लागि कार्यालय व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन आवश्यक आधुनिक प्रविधिको प्रयोग गरिएको छ । संस्थाका कर्मचारीहरु व्यवसायिक, कुशल र क्षमतावान छन् । कार्यालयको नियमितता, कामको चुस्तता तथा आर्थिक अनुशासन एवं संस्थाको नियम सहकारी ऐन, सहकारी नियमावली र संचालक समितिको निर्देशनहरु प्रति प्रतिवद्ध रहेकोले कार्यालय बाट दिइने सेवा गुणस्तरीय छ । यसकारण म सम्पूर्ण महानुभावहरुमा यस संस्थाको सदस्य बनेर हातमा हात र का“धमा का“ध मिलाई अघि बढ्नुहुनेछ भन्ने अपेक्षा गर्दछु ।

– विनोद पौड्याल

Follow Us

  Registration Number : 4338/072/073