message from chair-person

 

नयाँ संविधान निर्माण पश्चात् आर्थिक समृद्धी तर्फ अघि बढेको मुलुकलाई सहकारी आन्दोलन मार्फत एउटा इट्टा थप्न हामी तारकेश्वरी हिमाल बहृउद्धेश्यीय सहकारी संस्था लि.को माध्यमवाट उपस्थित भएका छौँ । निम्न मध्यम वर्गिय धरातालमा रहेका हाम्रा सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तरको विकास संगै सामाजिक उत्तरदायित्व निर्वाह गरी राष्ट्रलाई धेरथोर योगदान गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ हाम्रो पाइला अगाडी वढेको छ ।


कतिपय सहकारीका विसंगति र अराजकताको कारण जनमानसमा नकरात्मक असर पर्न गएको पाइन्छ । यसबाट शिक्षा लिएर त्यस्ताखाले अविश्वासको खाडललाई पुर्दे वैज्ञानिक व्यवस्थापन अनि पारदर्शिता द्धारा विश्वासको भकारी भर्न चाहान्छौ । काठमाडौँ जिल्ला भरी आफ्नो कार्यक्षेत्र भएको यस संस्थामा एक लाख सदस्य वनाउने लक्ष लिइएको छ । आफु र समाजको लगि केही गरौ भन्ने भावना राख्ने सवैमा यस तारकेश्वरी सहकारी संस्थाको सदस्य बन्नुहुन समेत अपील गर्दछु ।

 

हिमाल शर्मा

 

 

Follow Us

  Registration Number : 4338/072/073