Introduction

स्वाधीन मूलुकको लागि आर्थिक समृद्धि महत्वपूर्ण पक्ष हो भन्ने मर्मलाई आत्मासाथ गरी राष्ट्रिय अर्थतन्त्रमा आफ्नो सानो/ठूलो योगदान पुर्‍याउनुका साथै आफ्ना सदस्यहरुको आर्थिक जीवनस्तर उठाउनको लागि एउटा स्वच्छ एवम् पवित्र भावना बोकेर यस तारकेश्वरी हिमाल वहुउद्देश्यीय सहकारी संस्था लि. को स्थापना भएको छ ।

सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई विकसित गरी जनसमुदाय माझ छरिएर रहेको सीमित एवं निष्कृय पूँजीलाई एकीकृत गर्ने र स्थानिय सीप साधन श्रोतलाई अधिकतम परिचालन गरी उत्पादन कार्यमा समर्पित भएर आफ्ना सदस्यहरुको आर्थिक सामाजिक र साँस्कृतिक जीवनस्तर अभिबृद्धि गर्नको लागि वहुआयामिक क्षेत्रमा क्रियाशील हुने उद्देश्यले नेपाल सरकारको सहकारी ऐन २०४८ बमोजिम दर्ता भई काठमाण्डौ जिल्ला भरी कार्यक्षेत्र वनाई का.म.न.पा.-१६,बालाजुमा यस संस्थाको मुख्य कार्यालय सञ्चालनमा रहेको छ ।

बिशेषताः
· बैंकिङ्ग तथा ब्यबसायिक क्षेत्रका प्रतिष्ठानहरुमा राम्रो अनुभव प्राप्त व्यक्तित्वहरुको सामूहिक प्रयत्नवाट संस्थाको स्थापना भई परिचालन गरिएको छ ।
· दक्ष एवं अनुभवी कर्मचारी सहितको व्यवस्थित कार्यालय रहेको छ ।
· आधुनिक कम्प्यूटराईज्ड बैंकिङ्ग सˆट्वेयर जडान गरिएको छ ।
· विभिन्न प्रकारका आकर्षक वचत खाताहरु रहेको छ । निक्षेपमा उच्चतम ब्याजदरको ब्यबस्था गरिएको छ । साथै छिटो र छरितो सर्वसुलभ ऋण सेवा दिइने छ ।
· निशुल्क खाता खोल्न सकिने छ ।
· जति पनि रकम राख्न र झिक्न सकिने छ ।
· चेक बुक र स्टेटमेन्ट निशुल्क उपलव्ध गराईने छ ।
· एस.एम.एस. बैकिङ्ग सेवाको ब्यबस्था गरिएको छ ।
· स्वदेश तथा विदेशबाट पठाइएका रकम तुरुन्त निकाल्न रेमिटेन्सको सुबिधा गरिएको छ ।
· यस संस्थाका सदस्यहरुलाई गि्रनसिटी हस्पिटल,विनायक हस्पिटल र जनमैत्री हस्पिटलको उपचार खर्चमा २०% सहुलियतको व्यवस्था हुनेछ । यसका लागि यस संस्था र हस्पिटल विच MOE गरिएको छ ।

उद्देश्यः
· समाजमा छरिएर रहेको पूँजी लाई संगठित र एकीकृत गर्दै उत्पादन कार्यका परियोजनामा लगानी गर्ने र संस्थाका सदस्यहरुबिच आय आर्जन बढाउने ।
· अरुको मुख ताक्ने वा आलोचना मात्र गर्ने प्रवृत्तिको अन्त्य गरी “आफू र समुदायका लागि केहि गरौं” भन्ने भावना बोकी “म सबैका लागि र सबै मेरो लागि” भन्ने मान्यतालाई मनन् गर्दै व्यवसायिक तथा सेवामूलक कार्यको रुपमा यस संस्थालाई स्थापित गर्ने ।
· संकलित निक्षेपको पूर्ण ग्यारेण्टीका साथ सुरक्षित गर्ने ।
· निक्षेपलाई उत्पादनमूलक क्षेत्रमा सुरक्षित लगानी गरि आय आर्जन गर्ने ।
· आयमूलक, रोजगारमूलक तथा शिक्षामूलक लगायतका विभिन्न कृयाकलापको माध्यमबाट जनसमुदायलाई स्वरोजगार तथा आत्मनिर्भर वनाउन प्रोत्साहन गरी रचनात्मक सहयोग गर्ने ।
· कृषिको व्यवसायिकरणमा सहयोग पुर्‍याउने, लघुउद्यमीहरुलाई प्राथमिकता दिने र महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने ।
· सदस्यहरुमा स्वावलम्वनको ज्ञान, पारस्परिक सहयोग र मितव्ययिताको भावना सृजना गर्ने र वचत गर्ने वानी अभिवृद्धि गर्ने ।
· सीपमूलक, सेवामूलक, उत्पादनमूलक एवं स्वास्थ्य, शिक्षा, खेलकुद, आवास, सूचना प्ा्रविधि, वातावरण संरक्षणलगायतको क्षेत्रमा विभिन्न तालिम तथा कृयाकलाप गरि स्वरोजगारीका लागि उचित वातावरण वनाउने ।

Follow Us

  Registration Number : 4338/072/073