हामी हाम्रा सम्पूर्ण सदस्यहरूलाइ आफ्नो सम्पूर्ण बिबरण सहितको KYM फारम भरी संस्थामा उपलब्ध गराईदिनु हुन हार्दिक अनुरोध गर्दछौँ । धन्यवाद ।

Introduction

स्वाधीन मूलुकको लागि आर्थिक समृद्धि महत्वपूर्ण पक्ष हो भन्ने मर्मलाई आत्मासाथ गरी राष्ट्रिय अर्थतन्त्रमा आफ्नो सानो/ठूलो योगदान पुर्‍याउनुका साथै आफ्ना सदस्यहरुको आर्थिक जीवन स्तर उठाउनको लागि एउटा स्वच्छ एवम् पवित्र भावना बोकेर यस तारकेश्वरी हिमाल वहुउद्देश्यीय सहकारी संस्था लि. को स्थापना भएको छ ।

सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई विकसित गरी जन समुदाय माझ छरिएर रहेको सीमित एवं निष्कृय पूँजीलाई एकीकृत गर्ने र स्थानिय सीप साधन श्रोतलाई अधिकतम परिचालन गरी उत्पादन कार्यमा समर्पित भएर आफ्ना सदस्यहरुको आर्थिक सामाजिक र साँस्कृतिक जीवनस्तर अभिबृद्धि गर्नको लागि वहुआयामिक क्षेत्रमा क्रियाशील हुने उद्देश्यले नेपाल सरकारको सहकारी ऐन २०४८ बमोजिम दर्ता भई काठमाण्डौ जिल्ला भरी कार्यक्षेत्र वनाई का.म.न.पा.-१६,बालाजुमा यस संस्थाको मुख्य कार्यालय सञ्चालनमा रहेको छ ।

Message from chairman

नयाँ संविधान निर्माण पश्चात् आर्थिक समृद्धी तर्फ अघि बढेको मुलुकलाई सहकारी आन्दोलन मार्फत एउटा इट्टा थप्न हामी तारकेश्वरी हिमाल बहृउद्धेश्यीय सहकारी संस्था लि.को माध्यमवाट उपस्थित भएका छौँ । निम्न मध्यम वर्गिय धरातालमा रहेका हाम्रा सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तरको विकास संगै सामाजिक उत्तरदायित्व निर्वाह गरी राष्ट्रलाई धेरथोर योगदान गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ हाम्रो पाइला अगाडी वढेको छ ।
कतिपय सहकारीका विसंगति र अराजकताको कारण जनमानसमा नकरात्मक असर पर्न गएको पाइन्छ । यसबाट शिक्षा लिएर त्यस्ताखाले अविश्वासको खाडललाई पुर्दे वैज्ञानिक व्यवस्थापन र पारदर्शिता द्धारा विश्वासको भकारी भर्न चाहान्छौ ।

Message from Md

सहकारीको मुल्य, मान्यता, र सिद्धान्त अनुरुप समाजमा न्यून आय भएका, सिमान्तकृत समुदाय वा सर्वसाधरण उपभोक्ता माझ छरिएर रहेको स–सानो पूजी र प्रविधि तथा प्रतिभालाई स्वाबलम्वन र पारस्परिकताका आधारमा एकीकृत तथा संगठित गर्ने र आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्दै ब्यक्तिलाई आत्मनिर्भर बनाउँदै त्यसको प्रभावबाट समाज र राष्ट्रको अर्थतन्त्रमा आफ्नो पनि सानो ठूलो योगदान होस् भन्ने उद्देश्यले काठमाडौंँ  जिल्लामा कार्यक्षेत्र बनाएर यस तारकेश्वरी हिमाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडे मिति २०७२ साल मंसिर २० गते डिभिजन सहकारी कार्यालय, काठमाडौँमा दर्ता भई विधिवत सञ्चालनमा आएको थियो ।

features

१) बैंकिङ्ग तथा ब्यबसायिक क्षेत्रका प्रतिष्ठानहरुमा राम्रो अनुभव प्राप्त व्यक्तित्वहरुको सामूहिक प्रयत्नवाट संस्थाको स्थापना भई परिचालन गरिएको छ ।

२) दक्ष एवं अनुभवी कर्मचारी सहितको व्यवस्थित कार्यालय रहेको छ ।

३) आधुनिक कम्प्यूटराईज्ड बैंकिङ्ग सफ्ट्वेयर जडान गरिएको छ ।

४) विभिन्न प्रकारका आकर्षक वचत खाताहरु रहेको छ । निक्षेपमा उच्चतम ब्याजदरको ब्यबस्था गरिएको छ । साथै छिटो र छरितो सर्वसुलभ ऋण सेवा दिइने छ ।

५) चेक बुक र स्टेटमेन्ट निशुल्क उपलव्ध गराईने छ ।ड्ड एस.एम.एस. बैकिङ्ग सेवाको ब्यबस्था गरिएको छ ।

६) यस संस्थाका सदस्यहरुलाई ग्रिनसिटी हस्पिटल,विनायक हस्पिटल र जनमैत्री हस्पिटलको उपचार खर्चमा २०% सहुलियतको व्यवस्था हुनेछ । यसका लागि यस संस्था र हस्पिटल विच MOE गरिएको छ ।

Our affiliated Remittance

Follow Us

  Registration Number : 4338/072/073